'मल्लकालिन संस्कृति र चाडपर्व' सार्वजनिक

शनिबार, साउन ७, २०७९

भक्तपुर । डा. वीरेन्द्रप्रसाद कायस्थद्धारा लिखित 'मल्लकालीन संस्कृति र चाडपर्व' नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयाेजित एक  कार्यक्रमवीच उक्त पुस्तक सार्वजनिक गरिएकाे हाे । 

295296645_470010861620175_3805599717378316932_n.jpg1658573123.jpg

पुस्तक ८६ उपशीर्षकमा विजाति छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेस छन् । नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वहरू जस्तै दशैं, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृत रुपमा उल्लेख छन् ।

पुस्तक दुई सय २४ पृष्ठको छ । पुस्तकको मूल्य ६ सय ५० छ । पुस्तकको सांसद प्रेम सुवाललगायतका विशिष्ट व्यक्तिले संयुक्त रुपमा विमोचन गरेका हुन् । पुस्तकका लेखक कायस्थ प्रबल गोरखा दक्षिणबाहु (२०६२) बाट विभूषित व्यक्तित्व हुन् । लेखकको यो नवौं पुस्तक हो । 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार