प्रतिनिधि बिबादका कारण प्रेस युनियनमको मतदान अझै सुरु भएन

शनिबार, साउन ७, २०७९

हेटौंडा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु भएको छैन । निर्वाचन समितिले मतदाता नामावली टाँस गरिसकेको भए पनि प्रतिनिधि बिबादका कारण मतदान सुरु नभएको केन्द्रिय सदस्यका उम्मेदवार तेजन खडकाले जानकारी दिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि मतदान शुरु हुनु पर्ने थियो भने दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका थियो ।

जारी अधिवेशनमा १ हजार ६ सय ३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन्, जसअनुसार संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्सालको प्यानल प्रतिस्पर्धामा छ ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार