सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रले ललितपुर पत्रकार महासंघसंग समन्वय गरी ललितपुर जिल्लाका सञ्चारकर्मीलाई मानव बेचबिखन तथा बाल संरक्षण सम्बन्धी अभिमुखिरण कार्यक्रम गरेको हो । कार्यक्रममा मानव बेचबिखन तथा बाल संरक्षणका घटनाहरुलाई सञ्चारमाध्यमले के कति प्राथमिकता दिने र त्यस्ता सामाग्रीहरूलाई कुन तरिका बाट प्रकाशन वा प्रसारण गर्ने भन्ने बारेमा पत्रकारहरु तथा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रका अधिवक्ता बीच छलफल गरिएको हो ।
कार्यक्रमा ललितपुर पत्रकार महासंघका अध्यक्ष सागर न्यौपानेले स्वागत मन्तव्य राख्दै पत्रकार तथा सञ्चार माध्यमले मानव बेचबिखन तथा बाल संरक्षण सम्बन्धी घटनाहरुलाई संवेदनशील ढङगबाट प्रस्तुत गर्नु पर्ने बताए । कार्यक्रममा अधिवक्ता सन्तोष महर्जनले मानव बेचबिखन तथा बाल संरक्षण नेपालमा प्रचलित ऐन कानुन तथा प्रवधान र मानव बेचबिखन वा ओसारपोसार, बाल शोषण तथा त्यसप्रकारका घटनाहरुमा संलग्न रहेका केकस्ता व्यक्ति अपराधि ठहर्ने जस्ता विषयहरुलाई प्रस्ट्याउदै त्यस्ता घटनालाई संवेदशील रुपमा प्रस्तुत गर्नु पर्ने बताए । काठमाडौं स्कुल अफलका सहप्राध्यापक कपिल अर्यालले मानव बेचबिखन तथा बाल संरक्षण जस्ता पक्षमा पत्रकारहरुको कस्तो भुमिका रहेको छ र सञ्चार माध्यम तथा समाचारहरु अवलोकन गर्दा अधिकांश समाचारहरु विस्तृत रुपमा नभई घटनामा मात्र आधारित रहेको बताए ।
उनले सञ्चार माध्यमहरुले मानव बेचबिखन तथा बाल संरक्षण जस्ता घटनाहरुमा कम प्राथमिकता दिएको र समाचार तथा अन्य समाचारिय सामाग्री कम प्रकाशित हुने गरेको बताउदैँ यस्ता घटनाहरुलाई मुख्य प्राथमिकतामा राख्नु पर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञान प्रसाद पौडेल, वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेत र ललितपुर पत्रकार महासंघका सचिव रामहरी कार्कीले कार्यक्रम अभिमुखि मुलक भएको र यस्ता कार्यक्रम समय समयमा हुनु पर्ने बताए ।