भारतमा एक्काईस हजारभन्दा बढी कोरोना सङ्क्रमित  

बिहीबार, साउन ५, २०७९
Global Ime Bank

नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ सक्रिय सङ्क्रमित छन् । 
पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३१ लाख ५० हजार चार सय ३४ पुगेको छ । 
कोरोना महामारीबाट हालसम्म पाँच लाख २६ हजारभन्दा बढीको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८९ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ । 
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ । 
यसैबीच पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच सय ९९ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
यसैसँग कूल सङ्क्रमितको संख्या १५ लाख ४८ हजार तीन सय ९४ पुगेको छ ।  पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चार सय ५५ को मृत्यु भएको छ भने बुधबार थप तीन जनाको मृत्यु भएको छ ।

कोरियामा एकहत्तर हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।  यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख नौ हजार नौसय ८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चारसय दुई सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या एक सय तीन पुगेको छ । 
सङ्क्रमणबाट मङ्गलबार १७ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ९४ ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।– रासस/सिन्ह्वा
 

 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार