सोसल मिडिया
Contact Us
युनिकोड
बैंकक (थाइल्याण्ड) । थाइल्याण्डको खाडीनजिक इन्जिन विस्फोट भई स्पीडबोटमा आगलागी हुँदा २० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् । थाई पत्रिका म्याटिचोनले दिएको जानकारीअनुसार स्थानीय समय दिउँसो २ः३० बजे जहाज दक्षिणी चुम्फोन प्रान्तबाट कोह ताओ टापुका लागि प्रस्थान गरेको केही समयपछि दुर्घटना भएको हो । घाइतेहरू, १८ यात्रु र दुई चालक दलका सदस्य स्थानीय अस्पतालमा उपाचाररत छन् । तीमध्ये दुईजना गम्भीर घाइते भएका छन् भने धेरैजसोलाई सामान्य चोट लागेको बताइएको छ ।– रासस/एएनआई