हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

बिहीबार, साउन ५, २०७९
Global Ime Bank

बगदाद । इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ ।
इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ ।
सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए । ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले जानकारी दिएको छ । इराकी सरकारी समाचार समितिका अनुसार इराकका लागि संयुक्त राष्टसंघीय मिसनले एक विज्ञप्ति प्रकाशन गरेर सो हमलाको निन्दा गरेको जनाएको छ ।
सो मिसनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त हिंसात्मक हमलाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।
यस्ता हिंसात्मक हमला तत्कालै रोक्न भन्दै सो विज्ञप्तिमा नागरिकको सुरक्षितरुपमा बाँच्ने अधिकारको सम्मान गर्न पनि माग गरिएको छ ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार