करेन्ट लागेर दुई जनाको मृत्यु 

बिहीबार, साउन ५, २०७९

काठमाडौं,  ।  सिन्धुपाल्चोक र सिन्धुलीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ जम्बुमा सोही नगरपालिका–८ बस्ने २१ वर्षीय दिपक भण्डारीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । त्रिवेणी ब्रमायणी कन्ट्रक्सन प्रालिको स्काईभेटरकको बकेट उठाई  डिजेल हाल्ने क्रममा बिजुलीको तारमा बकेटले छुन जाँदा करेन्ट लागी उनको मृत्यु भएको हो । सिन्धुलीको दुधौली नगरपालिका–७ सिमराई बस्ने ३४ वर्षीया सबिना बिकको बुधबार करेन्ट लागेर मृत्यु भएको छ । ठुलोबुबाको घरबाट आफ्नो घर फर्कने क्रममा बाटोमा लत्रिएको पुरानो तारमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार