सोसल मिडिया
Contact Us
युनिकोड
कोलम्बो । श्रीलङ्कामा सांसदहरूले प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई आममानिसमाझ रहेको उनको अलोकप्रियताबीच देशको नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेका छन् । विक्रम सिङ्घ सामु टाट पल्टिएको देशलाई सहज अवस्थासम्म पुर्याउने र महिनौँको विरोध प्रदर्शनपछि सार्वजनिक सुव्यवस्था पुनर्स्थापित कायम गर्ने जिम्मेवारी छ । उनले बुधवार संसद्मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गरेका हुन् । श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
२२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरेको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले घोषणा गरे । उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ मत पाए । वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमारा दिसानायकेले जम्मा तीन मत पाए । गत साता तत्कालीन राष्ट्रपति गोटाबय राजपक्ष देश छाडेर भागेका थिए । हजारौँ प्रदर्शनकारी राष्ट्रपति निवास तथा अन्य सरकारी कार्यालयहरूमा बलजफती छिरेर राजपक्षको राजीनामा माग गरेपछि उनी माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका थिए। प्रदर्शनकारीहरूले गत मे महिनामा प्रधानमन्त्री नियुक्त भएका विक्रमसिङ्घको समेत राजीनामा माग गरेका थिए । प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगजनी गर्दै उनको सरकारी निवास कब्जा गरेका थिए। यद्यपि विक्रमसिङ्घेले त्यस्ता मागलाई बेवास्ता गर्दै आएका थिए । राजपक्षले देश छाडेपछि उनले स्वतस् कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्दै आएका थिए । बुधवारको जितको अर्थ उनले सन् २०२४ को नोभेम्बरसम्म बाँकी राष्ट्रपतीय कार्यकाल सम्हाल्नेछन् । देश चरम आर्थिक सङ्कटमा फसेपछि सुरु भएको विरोधप्रदर्शनका कारण पदासीन राष्ट्रपतिले भागेर विदेशबाट राजीनामा दिएपछि बुधवार श्रीलङ्काको संसद्मा नयाँ राष्ट्रपति छान्न मतदान भएको हो । अन्तरिम नेता नियुक्त प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई सत्तारूढ दलले उम्मेदवार बनाएको हो । राजपक्षसँग निकटता भएको भन्दै प्रदर्शनकारीहरूले विक्रमसिङ्घेको पनि बहिर्गमन चाहेका छन् । प्रधानमन्त्री विक्रमसिङ्घलाई प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमले कडा चुनौती दिएका थिए । उनी सत्तारूढ दलका विद्रोही सांसद हुन् । श्रीलङ्का टाट पल्टने अवस्थामा पुगेको छ । आयात र आपूर्ति हुन नसकेकाले त्यहाँ खानेकुरा, इन्धन र अन्य आधारभूत वस्तुको गम्भीर अभाव छ । अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आर्थिक सहायता जुटाउने प्रयासका लागि छलफल अघि बढाउन पनि यो देशलाई एउटा स्थिर सरकारको आवश्यकता छ ।
संसद्को अङ्कगणित गोटाबय राजपक्षको सरकार र दुई दशकसम्म देशको नेतृत्व लिएको राजपक्ष परिवारलाई देशको वर्तमान आर्थिक सङ्कटका लागि दोषी मानिएको छ । विक्रमसिङ्घसहित श्रीलङ्काको राजनीतिक नेतृत्वको राजीनामा माग गरिरहेका प्रदर्शनकारीहरूको भिड सरकारी भवनहरूमा प्रवेश गरेर कब्जा गर्न थालेपछि गत साता गोटाबय माल्दिभ्स भागेका थिए । त्यहाँबाट सिङ्गापुर पुगेका राजपक्षले बिहीवार आफ्नो राजीनामा पठाएका थिए । राष्ट्रपति चयनको निर्वाचनमा २२५ सांसदले मतदान दिन पाउँछन् । आधाभन्दा बढी सांसदको मत पाउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ ।
राष्ट्रपतीय निर्वाचनमा विक्रमसिङ्घे, अलाहपेरुम र वामपन्थी नेशनल पिपल्स पावर पार्टीका नेता अनुरा कुमार दिशानायकबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । राजपक्षहरूले नेतृत्व गरेको पोदुजन पेरुमुन पार्टी गत निर्वाचनमा विजयी भएको थियो । गोटाबय राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलङ्काको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुन् ।
डल्लस अलाहपेरुम एप्रिल महिनामा प्रदर्शन सुरु भएपछि सामूहिक राजीनामा दिने मन्त्रीहरूमध्ये अलाहपेरुम पनि थिए । यसअघि विपक्षी दलका नेता सजित प्रेमदास राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने ठानिएको थियो । तर अन्तिम समयमा उनले देशको ‘बृहत्तर भलाइ’का लागि भन्दै प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरे । संसद्मा एकचौथाइ सांसदहरू रहेको उनको दलले अलाहपेरुमलाई समर्थन गरेका थिए ।
प्रधानमन्त्रीमा विपक्षी नेताको ‘सम्भावना’ यस्तो अवस्थामा प्रेमदासले प्रधानमन्त्रीको जिम्मेवारी पाउन सक्ने विवरणहरू आएका छन् । यसअघि छ पटकसम्म प्रधानमन्त्री भइसके पनि कुनै पटक पूरा अवधि काम नगरेका विक्रमसिङ्घ राष्ट्रपतिका लागि अघि सरेका सबैभन्दा विवादित उम्मेदवार हुन् । कतिपय प्रदर्शनकारीहरूले उनी राष्ट्रपति बन्ने सम्भावना बाँकी नै रहेको भन्दै प्रदर्शन जारी राख्ने बताएका छन् । धेरैले उनको राजपक्ष परिवारसँग राम्रो सम्बन्ध रहेको दाबी गरेका छन् । ‘उनी सत्तामा आउँदा राजपक्षहरूसहित सबैलाई जिम्मेवार बनाउने वाचा गरेका थिए। तर उनले केही पनि गरेनन्’ विश्वविद्यालयकी विद्यार्थी अञ्जली वन्दुरगलले भनिन् । ‘मानिसहरूले फेरि पनि उनलाई विश्वास गर्छन् भनेर सोच्नु पनि हास्यास्पद हो’ अञ्जली वन्दुरगलले भनिन् ।
तथ्यमा श्रीलङ्का टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २।२ करोड छ। तीनवटा जातीय समुदाय ( सिन्हाला, तमिल र मुस्लिम) ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन् राष्ट्रपतिको शक्ति : श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ शासनमा एउटै परिवार ः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरेको थियो। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए । त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्षले देश छोडेर भागेपछि राजीनामा दिएका छन् । आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन् ।