सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । मानविकी विषयकाे अध्ययनले मानिसलाई प्रश्न गर्न सिकाउने भएकाले यसलाई नीतिगत रूपमै दबाइएको सराेकारवालाहरूले आराेप लगाएका छन्। बुधबार भक्तपुरमा आयाेजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैंजूले मानविकीको अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सक्ने क्षमता बढाउने भएकैले यसलाई नीतिगत रूपमै पछाडि पारिएको हुनसक्ने आशंका गरिन् ।
मानविकी तथा समाज विज्ञान र युवा विषयमा ख्वप कलेज देकोचा भक्तपुरले आयोजना गरेको अन्तरक्रियामा सैजूले मानविकीको मुख्य आकर्षण भनेकै प्रश्न गर्न सिकाउनु रहेको बताइन् । ‘यसको अध्ययनले विद्यार्थीमा समाज किन वर्गमा विभाजित छ भन्ने प्रश्न गराउन सिकाउँंछ,’ उनले भनिन्, ‘समाज धनी र गरिब दुई वर्गमा विभाजित छ भन्ने सिकाउँंछ र यही कारणले यसलाई नीतिगत रूपमै दबाइएको हुन सक्छ ।’
उनले प्रश्न वास्तवमै ठूलो हतियार भएको बताइन् । प्रश्न गर्नसक्ने क्षमताले समाधान निस्कने उनको भनाइ छ । उनले मानविकी संकाय अध्ध्ययन गर्नु भनेको समाज अध्ययन गर्नु रहेको बताए । ‘समाज अध्ययन गर्नु भनेको समाजका समस्याहरू खोतलखातल गर्न सिकाउनु र समाधान पत्ता लगाउन सक्ने बनाउनु हो,’ उनले भनिन् ।