बलात्कार आरोपमा एक व्यक्ति पक्राउ

सोमबार, साउन २, २०७९

काठमाडौं, । जबर्जस्ती करणी आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गुल्मीको मुसिकोट नगरपालिका-१ का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका हुन् । गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।उनले शनिबार बेलुका साढे ७ बजे स्थानीय महिलालाई बलात्कार गरेको आरोप छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार