रोक्का रकम फुकुवाका लागि हक्कानीको अमेरिकासँग आग्रह

सोमबार, साउन २, २०७९
Global Ime Bank

काबुल । अफगानिस्तानले आफ्नो सात अर्ब अमेरिकी डलर सम्पत्तिमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको बताउँदै अमेरिकालाई उक्त सम्पत्ति फुकुवा गर्न आह्वान गरेको छ ।
अफगानिस्तानको खोस्ट प्रान्तमा भएको एक भेलालाई सम्बोधन गर्दै हक्कानीले भने, “अफगानिस्तानबाट ‘पश्चिमी प्रभाव’ हटाइएमा स्वतस्फुर्तरूपमा मुलुकमा समावेशी सरकार गठन हुने टोलो न्यूजले हक्कानीलाई उद्धृत गरी लेखेको छ ।  
हक्कानीले भने, “के तिनीहरूले विगत २० वर्षमा केही उपलब्धि हासिल गरे? अब, तिनीहरूले अफगानीहरूको सम्पत्ति रोक्का गरेका छन् र निश्चित सङ्ख्यामा मानिसहरूको बदला लिएका छन् ।”
हक्कानीले भने, “अफगानीहरूले २० वर्षसम्म अमेरिकाको विरुद्धमा लड्यौँ ।” हक्कानीले समावेशी सरकार गठनका लागि लामो समय लाग्ने बताउँदै मुलुकले पहिचानको पर्खाइमा बस्नु नपर्ने र आवश्यक कदम चाल्नुपर्ने बताए ।
देशले अन्य कुनै पनि मुलुकका लागि खतरा उत्पन्न गर्ने छैन र तिनीहरूबाट पनि यस्तै सहभागिता मागेको हक्कानीले बताए ।
उनले थपे, “हामी पाकिस्तान, इरान, चीन वा अरू कसैको विरोध गर्छौं भन्दैनौँ । हामी अफगानीहरूले हाम्रो परीक्षण गरेका छौँ र हामी उनीहरूलाई आश्वासन दिन्छौँ कि हाम्रो पक्षबाट कुनै खतरा हुनेछैन तर हामी त्यस्तै सहभागिता माग्छौँ ।”
आन्तरिक मन्त्रीले राष्ट्रलाई एकताबद्ध रहन र एकअर्कालाई स्वीकार्न आग्रह पनि गरेका छन् ।– रासस÷एएनआई

इरानी राजदूत र अफगानिस्तानका कार्यवाहक परराष्ट्रमन्त्रीबीच भेटवार्ता

अफगानिस्तानका लागि इरानका राजदूत बहादुर अमिनियानले शनिबार तालिबान सञ्चालित प्रशासनका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकीलाई भेटेर द्विपक्षीय सहयोगलगायतका विषयमा विचार आदानप्रदान गरेका छन् ।
भेटका क्रममा उनीहरूबीच इरानमा रहेका अफगान शरणार्थी, कैदी बन्दी, लागुऔषध विरुद्धको प्रयास र सीमा समस्याका साथै व्यापार र आर्थिक सहयोगका विषयमा छलफल भएको कार्यवाहक सरकारका परराष्ट्र मन्त्रालयका उपप्रवक्ता हाफिज जिया अहमदले आइतबार ट्वीट गरेका छन् ।
इरानी राजदूतले अफगानिस्तानमा शान्ति र स्थिरता  त्यस क्षेत्रको हितमा रहेको बताएको अहमदले ट्वीट गरेका छन् ।
दुई छिमेकी मुलुकका सीमा सुरक्षा बलबीच केही दिनअघि गोली हानाहान भएको खबर आएपछि भेटवार्ता भएको हो ।  

बाइडेन र साउदी राजकुमारबीच अफगान महिला अधिकारबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग अफगानी महिलाको अधिकारका विषयमा छलफल गरेका छन् ।
आफ्नो पहिलो मध्य पूर्व यात्राको क्रममा साउदी अरबको भ्रमणमा रहँदा उनले साउदी राजमुमार बिन सलमानसँग अफगान महिलाको अधिकारबारे चासो देखाएका थिए ।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि महिलाहरू अधिकार कटौती गरिएको भन्दै दुई नेताले अफगान जनताको अधिकार, विशेष गरी शिक्षाका लागि महिला तथा केटीहरूको अधिकारका साथै महिलाहरूका लागि काम गर्ने अधिकारलाई सम्बोधन गर्न र अफगान जनताको अधिकारलाई अघि बढाउन सहकार्य गनुपर्नेमा जोड दिएका हुन् ।
यी दुई पक्षले अफगानिस्तानको सुरक्षालाई सुदृढ पार्नुपर्ने र मानवीय सहायतालाई निरन्तर सहयोग जुटाउनुपर्नेमा पनि जोड दिएका छन् ।
अफगानिस्तानमा महिला तथा बालिकाको स्थितिले तालिबानद्वारा जानाजानी विभेदका नीतिहरू अपनाएको कारण प्रत्यक्ष रूपमा अधिकारको व्यवस्थित उल्लङ्घन गरेको छ ।
यसको उद्देश्य सार्वजनिक जीवनका सबै क्षेत्रबाट उनीहरूलाई पूर्णतया पछि पार्नु रहेको अफगानी महिला अधिकारकर्मीको भनाइ रहेको छ । रासस/एएनआई

 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार