पूर्वमन्त्री मार्गरेट अल्बा विपक्षीको उम्मेदवार

भारतीय उपराष्ट्रपति निर्वाचन
सोमबार, साउन २, २०७९
Global Ime Bank

नयाँ दिल्ली । भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्बा अगस्ट ६ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि विपक्षीको संयुक्त उम्मेदवार बनेका छन् । एनसीपी प्रमुख शरद पवारले भने, “भारतको उपराष्ट्रपति पदका लागि विपक्षीको उम्मेदवार मार्गारेट अल्बा हुने निर्णय भएको छ ।”
भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले पश्चिम बङ्गालका गभर्नर जगदीप धनखर उपराष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार हुने कुरा बताएको एक दिनपछि उक्त घोषणा भएको हो ।
आइतबार एनसीपी प्रमुख शरद पवारको निवासमा आयोजित बैठकपछि विपक्षी नेताहरूले उनको नाम टुङ्गो लगाएका हुन् । बैठकमा कांग्रेस, टीएमसी, सीपीआईएम, आरजेडी, एसपीलगायत प्राय प्रमुख विपक्षी दल सहभागी थिए । उपराष्ट्रपतिको उम्मेदवारमा प्रस्तावित अल्बाले यसअघि राजस्थानको राज्यपालको रूपमा सेवा गरेकी थिइन् ।
मार्गरेट अल्बालाई ४२ वर्षको उमेरमा केन्द्रीय मन्त्री बनाइएको थियो । अल्बाको जन्म सन् १९४२ मा मंगलौरमा भएको थियो । उनी पूर्व मद्रास प्रेसिडेन्सीको विभिन्न भागमा हुर्किएकी थिइन् ।
भारतीय निजामती सेवाका एक सदस्यकी छोरी विवाहपछि अल्बा परिवारमा जाडिएकी हुन् ।
अल्बाले प्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धी र नरसिंह रावको अधीनमा रहेर धेरै जिम्मेवारी सम्हालेकी थिइन् ।
निर्वाचन आयोगले सन् २०२२ अगस्ट ६ मा भारतको १६औँ उपराष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम यस पहिले नै सार्वजनिक गरिसकेको छ ।– रासस/एएनआई

 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार