सोसल मिडिया
Contact Us
युनिकोड
जाकार्ता । ग्रुप अफ २० (जी–२०) का आर्थिक नेताहरुले हाल विश्वमा निकै समस्याका रुपमा देखापरिरहेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् । जी–२० का अर्थमन्त्री र गभर्नरको इन्डोनेसियाको बालीमा सम्पन्न बैठकमा सो निर्णय गरेको हो । जी–२० का अर्थमन्त्री र गभर्नरले अहिलेको अवस्थामा विश्वमा बढ्दै गएको खाद्य असुरक्षालाई कम गर्न र खाद्य सुरक्षाको अवस्थालाई सुनिश्चित गर्न आपसमा समन्वय गरेर काम गर्ने बताएका छन् । युक्रेन सङ्कट र अन्य कारणले हालैका दिनमा विश्वमा खाद्य असुरक्षा एक ठूलो चुनौतीका रुपमा देखिएको बताउँदै उनीहरुले खाद्य असुरक्षा र यससँग सम्बन्धित अन्य विविध चुनौतीको खोजी गर्ने त्यसलाई कम गर्नका लागिपर्ने बताएका हुन् । बालीमा सम्पन्न सो बैठकपछि आयोजक राष्ट्र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले भने, हामीले यस विषयमा आवश्यक छफफल गर्यौँ, यो समस्या समाधानका लागि हामी सबैको एउटै आवाज हुनेछ । उजले जी–२० मा आबद्ध रहेका सबै देशले खाद्यान्न आपूर्ति व्यवस्थाको सञ्जाललाई आवश्यक मात्रामा सहजीकरण गर्नुपर्ने र हरेक देशको उत्पादन र वितरणको प्रक्रियालाई सहयोग गर्न एक संयन्त्रको विकास गर्नुपर्नेमा पनि जोड दिइएको बताएका थिए ।– रासस/सिन्ह्वा