पाकिस्तानमा बाढीका कारण भएको पीडाप्रति चिनियाँ विदेशमन्त्री वाङको सहानुभूति

आइतबार, साउन १, २०७९
Global Ime Bank

नानिङ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शनिबार पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीलाई पाकिस्तानमा आएको बाढीका कारण भएको पीडाप्रति सहानुभूति सन्देश पठाएका छन् ।
आफ्नो सन्देशमा वाङले पाकिस्तानका थुप्रै भू–भागमा आएको ठूलो बाढीले पुर्याएको मानवीय एवं भौतिक क्षतिले आफू स्तब्ध भएको र पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गरेको बताएका छन् । चिनियाँ सरकार र जनता सधैं पाकिस्तानी सरकार र जनताको साथमा उभिने पनि वाङले बताएका छन् ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार