मालीको राजधानी नजिकै भएको आक्रमणमा छ जनाको मृत्यु, दुई घाइते

आइतबार, साउन १, २०७९
Global Ime Bank

बामाको । मालीको राजधानी बामाको नजिकै सडक चेकपोस्टमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । मालीको सुरक्षा मन्त्रालयले जनाएअनुसार सो दुर्घटनामा दुई जना घाइते भएका छन् । राजधानी बामाकोबाट करिब ७० किलोमिटर पूर्वमा रहेको जान्तिगुइलाको सडक चेकपोस्टमा बिहीबार राति हमला हुँदा उक्त दुर्घटना भएको मन्त्रालयले जनाएको छ ।
आक्रमणमा घाइते हुनेहरूमा दुई महिला, एक प्रहरी र तीन सर्वसाधारण रहेका छन् । तर आक्रमण कसले गरेको हो भन्ने हालसम्म खुलाइएको छैन । जुनको शुरुमा, दक्षिणी मालीको कौटियाला सडक चेकपोस्टमा यस्तै आक्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको छ ।  विद्रोह, जिहादी आक्रमण र अन्तर–सामुदायिक हिंसाले हजारौंको यहाँ ज्यान गएको छ भने हजारौँ विस्थापित  भएका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार