श्रीलंकाका राष्ट्रपति राजपक्षे सिंगापुर पुगे, सिंगापुर सरकारले भन्यो- निजी भ्रमण

बिहीबार, असार ३०, २०७९
Global Ime Bank

एजेन्सी । सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ ।  मीडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजपक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए।  उनले भने ,'श्रीलंकाका राष्ट्रपति राजपक्षे निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो ।उनले राजनीतिक शरण मागेका छैनन् । र कसैलाई राजनीतिक शरण दिइएको छैन । सिंगापुर सामान्य रूपमा राजनीतिक शरण दिने निवेदनलाई स्वीकार गर्दैन ।'

श्रीलंकामा जारी अस्थिरताका बीच एक दिन पहिला राष्ट्रपति गोटाबाया राजपक्षे माल्दिभ्स पुगेका थिए । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यकारी राष्ट्रपति बनेका छन् । श्रीलंकामा प्रदर्शनकारी गोटाबाया राजपक्षे र विक्रमसिंघे दुवको राजीनामा मागिरहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार