सोसल मिडिया
Contact Us
युनिकोड
कोलम्बो । श्रीलंकाका पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले देशमा जारी विरोधबीच दुबई भाग्ने असफल प्रयास गरेका छन् । विमानस्थलमा मानिसहरूले उनलाई चिनेपछि र अध्यागमन अधिकारीहरूले यात्रा अस्वीकार गरेपछि उनी विमानस्थलबाट फर्किएका थिए । राष्ट्रपति गोटाबाय राजापाक्षेका कान्छा भाई बसिल राजापाक्षेले मंगलबार बिहान कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी टर्मिनलबाट देश छोड्न खोजिरहेका बेला उनको पहिचान भएको थियो । त्यसपछि विमानस्थलमा हवाई यात्रुहरूले विरोध गरेका थिए । बसिल मंगलबार बिहान सवा १२ बजे चेक–इन काउन्टरमा पुगेका थिए । उनी सबा ३ बजेसम्म त्यही थिए । अध्यागमन अधिकारीहरूले उनलाई ‘क्लियर’ नगरेपछि अन्ततः उनी विमानस्थलबाट फर्किएका थिए । श्रीलंका इमिग्रेसन एण्ड इमिग्रेसन अफिसर्स एसोसिएसनका सदस्यले कोलम्बो एयरपोर्टको भीआईपी प्रस्थान क्षेत्रमा राजापाक्षेलाई सेवा दिन अस्वीकार गरेको एसोसियसनले जनाएको छ । पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति राजापाक्षका कान्छा भाई बासिल चरम आर्थिक सङ्कटका बेला बासिलले श्रीलङ्का छोड्ने प्रयास गरेपछि हवाइजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीहरूले उनलाई विमान चढ्न नदिएका डेली मिररले छापेको छ । यसैबीच, राष्ट्रपति गोटाबायाले देश नछाडेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन् । शनिबार राजीनामाको घोषणा गरेका उनी भागेर तेस्रो मुलुक गएका बताइएको थियो । प्रधानमन्त्री रनिल विक्रमासिङ्घे पनि स्वदेशमा नै रहेको दाबी उनले गरेका छन् । शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौँ प्रदर्शनकारीमध्ये केहीले त्यहाँ क्यारम बोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैँचामा रमाइलो गरेको र भान्सामा खानाको लागि खाना तयार गरेका दृश्यहरू सार्वजनिक भएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताएका छन् ।