महिला युरो च्याम्पियसिपमा नर्वाेमाथि इंग्ल्यान्डको फराकिलो जित

मंगलबार, असार २८, २०७९
Global Ime Bank

काठमाडौं । नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इंग्ल्यान्डले नर्वेलाई ८–० अन्तरले पराजित ग¥यो । पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै,  एलेन ह्वाइटले दुई गोल गर्दा जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान एक गोल गरिन् । महिला युरोमा एकै खेलमा ८–० को फराकिलो जित पहिलोपल्ट सम्भव भएको हो । लगातार दोस्रो जितसँगै इंग्ल्यान्ड समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगेको छ । पराजित नर्वे ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार