इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

सोमबार, असार २७, २०७९
Global Ime Bank

जेरुसेलम । इजरायलका प्रधानमन्त्री यायिर लापिद र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा आगामी दिनमा यी दुई देशकाबीचको सम्बन्ध थप सुमधुर बनाउने विषयमा कुराकानी भएको इजरायली प्रधानमन्त्री लापिदको सचिवालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । उनीहरुले इजरायल र टर्कीका बीचको सम्बन्ध यस क्षेत्रको क्षेत्रीय शान्ति, आर्थिक विकास तथा स्थायित्वका लागि महत्वपूर्ण रहेको धारणा राखेका थिए । यी दुई देशले पछिल्लो पटक हवाई उड्यनका क्षेत्रमा पनि नयाँ सहमति गरेका थिए । उक्त सहमतिले पनि दुई देशका बीचको सम्बन्ध सुदृढीकरणमा ठूलो सहयोग पु¥याउने उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ । लापिद यही जुलाई १ तारिखमा इजरायलको कामचलाउ प्रधानमन्त्री नियुक्त भएका हुन् । लापिदलाई टर्कीस् राष्ट्रपति एर्दाेगानले बधाई ज्ञापन गरेका थिए ।  त्यस अवसरमा टर्कीस् राष्ट्रपति एर्दाेगानले लापिदको कार्यकालमा यी दुई देशबीचको आपसी सम्बन्ध झन् सुदृढ हुने विश्वास पनि व्यक्त गरेका थिए । 

दुई नेताबीच चाँडै भेट्घाट

इजरायलका प्रधानमन्त्री यइर लापिड र इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिबीच चाँडै भेटवार्ता हुने भएको छ । आइतबार भएको फोन कुराकानीका क्रममा उनीहरुले चाँडै भेट्ने योजना बनाउनु भएको अधिकारीहरुले जनाएका छन् ।  इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा उहाँहरुका बीचमा सौहार्दपूर्ण कुराकानी भएको उल्लेख छ । दुई नेताले अमेरिकी राष्ट्रपति जो वाइडेनले मध्यपूर्वमा भ्रमण गर्न लागेको विषयमा पनि छलफल गरेका थिए ।  अमेरिकी राष्ट्रपति वाइडेनले यही जुलाई १३ देखि १६ सम्म इजरायल, पश्चिम बङ्गाल र साउदी अरबको भ्रमण गर्ने तय भएको छ । सन् १९७९ मा भएको दुई देशबीचको सम्झौताका बारेमा पनि उहाँहरुले समिक्षा गर्नु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।  दुवै नेताले त्यस सम्झौतालाई दुई देशको सम्बन्धको जगको रुपमा लिएर आगामी दिनको यात्रा तय गर्नुपर्नेमा जोड दिएका थिए । आफूहरुका बीचमा निरन्तर कुराकानी र सञ्चार सम्बन्ध भइरहनु पर्ने र त्यसो भएमा दुई देश विचको सम्बन्ध थप सकारात्मक हुने उनीहरुको विश्वास छ ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार