बेलायतमा रहेका चार नेपाली मिडिया सम्मानित

सोमबार, असार २७, २०७९
Global Ime Bank

लण्डन । बेलायतमा १० वर्षदेखि सक्रिय चार नेपाली मिडियालाई सम्मान गरिएको छ । विदेशमा रहेर नेपाली भाषाको माध्यमबाट नेपाली समुदायलाई सुसूचित गर्न सक्रिय भूमिका निर्वाह गरेबापत उनीहरूलाई नेपाल पत्रकार महासंघ बेलायतको १०औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो। नेपालब्रिटेड डट कम, एभ्रेष्ट टाइम्स्, नेपाली पत्र र बिएफबिएस गोर्खा रेडियोलाई  सम्मान गरिएको हो ।

समारोहमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालब्रिटेन डट कम  अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकाल तथा प्रधानसम्पादक चिरन शर्मा लगायतका मिडियाहरुलाई खाँदा र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार