सम्राट पृथ्वीराज’ फ्लप, मानुषी हिट

शनिबार, असार २५, २०७९
Global Ime Bank

मुम्बई  । पूर्व मिस वल्र्ड र अभिनेत्री मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराजबाट बलिउडमा पाइला चालिन् । यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भयो । मानुषीको यो पहिलो फिल्मले बक्सअफिसमा फ्लप साबित भयो । तरमानुषीका लागि यो फिल्मले राम्रै ढोका खोलिदियो ।

यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा अभिनयको लागि हस्ताक्षर गरिसकेकी छन् । उनको हालै मात्र तेस्रो फिल्ममा आफूलाई अनुबन्धित गरेकी छन् । यो फिल्मको सुटिङ युरोपमा हुनेछ । यद्यपिफिल्मलाई लिएर अन्य विस्तृत जानकारी खुलाइएको छैन । मानुषीले यो फिल्ममा सम्राट पृथ्वीराज रिलिजको केही दिनपछि नै हस्ताक्षर गरेकी थिइन् ।मानुषी चाँडै नै अभिनेता विक्की कौशलका साथ नयाँ फिल्ममा देखिँदैछिन् । यद्यपि, यो फिल्मको आधिकारिक घोषणा गरिएको छैन । फिल्मको निर्माण यशराज फिल्मस्ले गर्नेछ ।

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार