गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

शुक्रबार, असार २४, २०७९
Global Ime Bank

टोकिया । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा  आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनी माथि गोली प्रहार भएको थियो ।  नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको निधन भएको हो । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा  लिएर अनुसन्धान जारी राखेको छ ।
सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उनमाथि पछाडिबाट गोली प्रहार भएको थियो । 

विश्व नेताहरूद्वारा नेता आबेमाथि भएको आक्रमण निन्दा

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार नारा शहरमा चुनावी प्रचारका क्रममा गोली प्रहार गरिएको घटनाप्रति विश्वका नेताहरूले निन्दा गर्दै त्यसलाई अक्षम्य भनेका छन् । 

095907-01-021657273518.jpg
उनीहरूले नेता आबेका परिवारजन, आफन्त र जापानी नागरिकहरूप्रति सहानुभूति प्रकट गरेका छन् । 
“यो आक्रमण चुनावको समयमा भएको क्रुर कार्य हो, चुनाव लोकतन्त्रको आधार हो, आक्रमण अक्षम्य छ,” आबेको स्वास्थ्यस्थितिबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै प्रधानमन्त्री फुमियोले भने । 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ताइवानका राष्ट्रपति साइ इङ वेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलवान्से, सिङ्गापुरका प्रधानमन्त्री ली सिङ लुङ, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, न्युजिल्याण्डका प्रधानमन्त्री ज्याकिन्दा आर्डेर्नले पूर्व प्रधानमन्त्री आबेमाथि भएको आक्रमणको निन्ँदा गरेका छन् । 
यसैगरी, थाइल्याण्डका उपप्रधानमन्त्री डोन प्रमोद्विने, दक्षिण कोरियाका विदेशमन्त्री पार्क जीन, इण्डोनेशियाका विदेशमन्त्री रेण्टो मार्सुदी, फिलिपिन्सका विदेशमन्त्री इनरिक मनालो, अमेरिकाका विदेशमन्त्री एन्थोनी ब्लिङकेन, रूसका विदेशमन्त्री सेर्गेइ लाभारोभ, जापानका लागि अमेरिकाका राजदूत रम इम्यानुएलले पनि गोली प्रहार भएको घटनाको निन्दा गरेका छन् ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार