सिन्धुलीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

शुक्रबार, असार २४, २०७९

सिन्धुली  । कमलामाई नगरपालिका–६ धुराबजारस्थित सुवर्ण होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटल सञ्चालक घ्याङ्लेख गाउँपालिका–४ स्थायी घर भएका ५६ वर्षीय चतुर्मान लो समेत रहेका छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । लजमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र २२ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।    
 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार