पत्रकार नवराज मैनालीलाई खोज्दै प्रहरी नयाँ पत्रिका कार्यालयमा

शुक्रबार, कात्तिक १३, २०८३

काठमाडौँ  । पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी पुगेको छ । त्यहाँ कार्यरत पत्रकारहरूका अनुसार प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै कार्यालय पुगेको हो । घटनाबारे जानकारी दिँदै नयाँ पत्रिकाका एक पत्रकारले भने, “प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै आएका छन्। उनीहरूले मैनालीलाई साइबर ब्युरोमा बुझ्नका लागि लैजान आएको बताएका छन् ।” त्यस्तै, नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तले कार्यालयमा सादा पोसाकमा चार/पाँच जना प्रहरी आएको पुष्टि गर्दै भने, “कार्यालयमा महानगरीय अपराध महाशाखाबाट आएको बताउँदै सादा पोसाकका प्रहरी आएका छन् । उनीहरूले हाम्रो संवाददातालाई साइबर ब्युरो लैजाने बताएका छन् ।” यसअघि आजै प्रहरीले 'नेपाल प्रेस' का पत्रकार विश्वमणि सुवेदीलाई पनि नियन्त्रणमा लिएर प्रहरीको साइबर ब्युरोमा पुर्‍याइएको छ । यसअघि माेटीभेट न्युजका पत्रकार शोभराज बराललाइ पक्राउ गरेकाे थियाे भने दियाे पाेष्टका सम्पादक सुदिप विश्वकर्मा खाेज्दै उनकाे कार्यालयमा सादा पाेशाकका प्रहरी पुगेका थिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार