घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

शुक्रबार, असार २४, २०७९
Global Ime Bank

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १-० को अग्रता लिएको छ ।

जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए  । ह्यारी ब्रुकले २८ र  क्रिस जोर्डनले २६ रनको योगदान गरे । भारतका हार्दिक पान्ड्याले सर्वाधिक  ४ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो । 

भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए । यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्य कुमार यादवले ३९ रनको योगदान गरे । इंग्ल्यान्डका क्रिस जोर्डन र  मोईन अलीले समान दुई विकेट लिए । अब, दोस्रो खेल शनिबार हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार