कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना, शिशुको मृत्यु

बिहीबार, असार २३, २०७९

धनगढी । कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो ।तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त सवार थिए । उनीहरू समेत घाइते भएका छन् । घाइतेहरूको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स अनियन्त्रित भएर घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन् । दुर्घटनामा परी अनितासँगै २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक रमेशसिंह बुढाथोकीले जानकारी दिए । 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार