लायन्स क्लब अफ अर्घाखाँचीले राख्यो सन्धिखर्कका चोकहरूमा सचेतना बोर्ड

बिहीबार, असार २३, २०७९

अर्घाखाँची । लायन्स क्लब अर्घाखाँचीले जिल्ला सदरमुकाम सन्धिखर्कका चोक-चोकमा सचेतनामूलक बोर्ड टाँगेको छ । विभिन्न सचेतनामूलक सन्देशहरू लेखिएका बोर्ड सन्धिखर्क बजारका मुख्य-मुख्य चोकमा टाँगिएको क्लबका अध्यक्ष कृष्ण भुसालले जानकारी दिए । 

क्लबका संस्थापक अध्यक्ष हरिप्रसाद भुसालसहित पदाधिकारी तथा सदस्यहरूले आफैँ पोलमा चढेर बोर्डहरू टाँगेका हुन् । मास्कको प्रयोग गरौं, बजार क्षेत्रमा हर्नको प्रयोग नगरौं, प्लास्टिकका झोलाहरू प्रयोग नगरौंसहित विभिन्न नारा लेखिएका बोर्डहरू टाँसिएपछि समाज रूपान्तरणमा टेवा पुग्ने विश्वास लिइएको क्लबका कोषाध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिए ।क्लब पछिल्लो समयमा अर्घाखाँचीमा सामाजिक गतिविधिमा सक्रिय छ । सदस्यबाट उठाएको करिब ६० हजारको लागतमा बोर्डहरू राखिएको क्लबले जानकारी दिएको छ ।  

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार