कनका सुन्दरी गाउँपालिकाका सबै सेवा अब एकै भवनबाट     

बुधबार, असार २२, २०७९

जुम्ला । कनका सुन्दरी गाउँपालिकाले एकै भवनबाट सबै सेवा दिन थालेको छ ।  भवन अभावमा यसअघि विषयगत शाखा विभिन्न ठाउँमा राखिए पनि अब एकै स्थानबाट सेवा प्रवाह हुन थालेकाे हाे ।विषयगत शाखा छरिदा नगरिकलाई सेवा प्रवाहमा असहज भएको कनका सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठातले बताए । उनले भने, ‘यसले गर्दा नागरिकलाई सेवा लिन झन्झट र पालिकालाई समेत मंहगो पर्दै आएकाे थियो ।' उनका अनुसार यही कारण पालिकाले एउटै भवन भाडामा लियर सबै  विषयगत शाखा एकै भवन बाट सन्चालन गरेको हो ।

नागरिकलाई सन्तुष्ट गराउन एकै थलोबाट सेवा दिन थालेकाे गाउँपालिकाका अध्यक्ष दामादरप्रसाद आचार्यले बताए । अब पालिकाले आफ्नै भवन समेत बनाउनतर्फ लाग्ने उनले बताए ।०७४ सालमा निर्वाचित स्थानीय सरकारहरूको पाँच वर्षे कार्यकाल सकिँदा समेत  सेवाप्रवाह एकीकृत तवरबाट भएको थिएन ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार