सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ । बेसीसहर नगरपालिका-८ स्थित सेरा क्षेत्रमा एक सय ५७ मिटर सडक ढलान कार्य सम्पन्न भएको छ । लागत साझेदारी कार्यक्रमअन्तर्गत करिब ३२ लाख रुपैयाँको लागतमा सडक निर्माण भएको हो ।आर्थिक वर्ष २०७८-७९ को बेसीसहर नगरपालिका-८ र स्थानीयको लागत साझेदारीमा वडा नम्बर ८ सेरास्थित लालबहादुर श्रेष्ठको घरदेखि मंगलको घरसम्मको एक सय ५७ मिटर सडक ढलान भएको वडा अध्यक्ष पवित्रा थापा रानाले बताइन् ।नगरपालिकाको १७ लाख ८० हजार चार सय ६० रुपैयाँ, स्थानीयवासीको ११ लाख ८६ हजार नौ सय ७३ रुपैयाँ र वडाको दुई लाख गरी कुल ३१ लाख ६७ हजार चार सय ३३ रुपैयाँको लागतमा बाटो मर्मत तथा ढलान गरिएको हो ।