एमाले सचिवालय बैठक ११ बजेदेखि, ७ वटा अजेन्डामा छलफल हुदैँ 

आइतबार, असार १९, २०७९

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज ११ बजे बस्ने भएको छ । केन्द्रिय कार्यालय च्यासलमा बस्ने उक्त बैठकले संघीय निर्वाचनको तयारीका साथै ७ वटा बिषयमा छलफल गर्नेछ । आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने प्रचार बिभाग उपप्रुमख बिष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार