सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको छानबिन गरेर दोषीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।पार्टी सचिवालयको शनिबार बसेको बैठकले पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी परिचालनको घटनाबारे छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले घटना किन र कसको निर्देशनमा भएको हो भन्ने विषयमा छानबिन गर्नुपर्ने निर्णय भएको जानकारी दिए । उनले प्रेस स्वतन्त्रताको संरक्षणप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै समाचार प्रकाशन वा प्रसारण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य दोहोरिन नदिन सरकारलाई निर्देशन दिइएको बताए । त्यसै सन्दर्भमा रास्वपाले घटनाको छानबिन र दोषीमाथि कारबाहीलाई प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिएको हो । पार्टीले भविष्यमा यस्ता घटना दोहोरिन नदिनसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।