ईश्वर पोखरेलको क्षेत्रमा रञ्जु दर्शनाको उम्मेदवारी

आइतबार, असार १९, २०७९

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् ।

२०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रवारी राती काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।


‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शुक्रवार राती गरेको घोषणामा भनेकी छिन, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित भएको छु ।’
 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार