एमाले सचिवालय बैठक भोलि बस्दै

शनिबार, असार १८, २०७९

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ०५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार