ललितपुरमा पार्टीको निर्णय विरुद्धमा उम्मेदवारी दिने १० जना एमाले नेतालाई निष्कासन

शुक्रबार, असार १७, २०७९

ललितपुर। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट ललितपुर जिल्लाका विभिन्न वडामा पार्टीले उठाएका उम्मेदवारका विरुद्धमा उम्मेदवारी दिने र पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सहयोग गर्ने १० जनालाई कारवाही गरेको छ। पार्टी जिल्ला कमिटिका अध्यक्ष पुरुषोत्तम आचार्यले गत असार ४ गते बसेको जिल्ला कमिटिको दोश्रो पूर्ण बैठकले स्थानीय निर्वाचन २०७९ को संक्षिप्त प्रारम्भिक समीक्षा गरी मातहत कमिटिबाट समीक्षा प्राप्त भएपश्चात पूर्ण समीक्षा गर्ने निर्णय सहित आ आफ्नो कार्यक्षेत्रमा रचनात्मक ढंगले लागु गराउन विभिन्न सर्कुलर जारी गरेको जानकारी दिएका छन् ।

जसअन्तर्गत स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्धमा उम्मेदवारी दिई चुनावी मैदानमा प्रस्तुत भएका र पार्टीको विरुद्धमा लागेका १० जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको बताईएको छ। यसैगरी विगतमा पार्टी महांकाल गाउँपालिकाको इन्चार्ज रहेकी विमला दुलालले जिम्मेवारी बमोजिम समय प्रदान गरी कामको व्यवस्थापन गर्न नसकेको मुल्यांकन सहित उनलाई सो जिम्मेवारीबाट हटाई महांकाल गाउँपालिका सह -इन्चार्ज श्याम शर्मा बजगाईंलाई इन्चार्जको जिम्मेवारी तोकेको छ। 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  २२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार