आईएमएफद्वारा श्रीलङ्कालाई समर्थन गर्ने पुनः प्रतिबद्धता 

शुक्रबार, असार १७, २०७९
Global Ime Bank

कोलम्बो । आईएमएफ विस्तारित कोष सुविधा (ईएफएफ) प्रबन्धद्वारा समर्थन गरिने आर्थिक नीति र सुधारका बारेमा श्रीलङ्काका अधिकारीहरूसँग रचनात्मक र फलदायी छलफल भएको अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । पिटर ब्रेउर र मासाहिरो नोजाकीको नेतृत्वमा रहेको एउटा समूहले श्रीलङ्काका लागि आईएमएफ समर्थन र अधिकारीहरूको व्यापक आर्थिक सुधार कार्यक्रमबारे छलफल गर्न जुन २० देखि ३० सम्म कोलम्बो भ्रमण गरेको हो ।  भ्रमणको अन्त्यमा ब्रेउर र नोजाकीले एक वक्तव्य जारी गरी आईएमएफको नीतिअनुरूप यस कठिन समयमा श्रीलङ्कालाई सहयोग गर्ने संस्थाको पूर्ववत् प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् ।  वक्तव्यमा श्रीलङ्का गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको बताइएको छ । सन् २०२२ मा यसको अर्थतन्त्रमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ भने मुद्रास्फीति उच्च र बढ्दो छ ।
समूहले बृहत् आर्थिक र संरचनागत नीतिको प्याकेजलाई परिभाषित गर्ने सन्दर्भमा उल्लेखनीय प्रगति भएको र निकट भविष्यमा आईएमएफ प्रबन्धसम्बन्धी कर्मचारीस्तरीय सम्झौता गर्ने उद्देश्यले छलफल लगभग जारी रहने विज्ञप्तिमा उल्लेख छ ।
श्रीलङ्काको सार्वजनिक कर्जा दीगो समस्या नभएको मूल्याङ्कन गरिएको हुनाले श्रीलङ्काका अधिकारीहरूसँगको छलफलले म्याक्रोइकोनोमिक असन्तुलनलाई सच्याउन, सार्वजनिक ऋण स्थायित्व पुनः स्थापित गर्न र श्रीलङ्काको विकास क्षमतालाई साकार पार्न व्यापक आर्थिक कार्यक्रमको योजनामा ध्यान केन्द्रित गरिएको थियो । आईएमएफले राजस्वको न्यूनस्तरलाई ध्यानमा राख्दै दूरगामी कर सुधारको तत्काल आवश्यकता पर्ने सुझाव दिएको छ । 
मुद्रास्फीतिको बढ्दो स्तरलाई समावेश गर्ने, भुक्तानीको दबाबको गम्भीर सन्तुलन समाधान गर्ने, भ्रष्टाचार कम गर्ने र आर्थिक वृद्धि बढाउने खालका सुधारका कामहरू सुरु गर्ने अन्य चुनौतीहरू समावेश छन् ।
“छलफलमा श्रीलङ्काको आर्थिक सुधार कार्यक्रम तयार गर्ने सम्बन्धमा निकै प्रगति भएको छ र हामी उनीहरूसँग वार्ता जारी राख्न उत्सुक छौँ,” विज्ञप्तिमा भनिएको छ ।
स्वतन्त्रतापछिको सबैभन्दा ठूलो आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले आफ्नो अर्थव्यवस्थालाई सुधार गर्न आईएमएफ राहत प्याकेजका लागि यस पहिले नै आफ्ना प्रस्ताव पेस गरिसकेको छ ।

श्रीलङ्काका राष्ट्रपति इन्धन आपूर्ति व्यवस्थापनका लागि यूएई जाने 

श्रीलङ्काका राष्ट्रपति गोताभाय राजापाक्ष संयुक्त अरब इमरेट्न (यूएई) जाने भएका छन् । देशमा उत्पन्न इन्धन सङ्कट समाधान गर्न सहयोग हुने उद्देश्यले उहाँले यूएईको भ्रमण गर्न लाग्नुभएको अधिकारीहरूले जनाएका छन् । श्रीलङ्कामा आर्थिक सङ्कटका कारण इन्धन खरिद गर्नसमेत नसकेको र इन्धन अभावका कारण देशभरी मूल्य वृद्धि तथा अभाव भएको छ ।    
उनले आगामी हप्ता नै यूएईको भ्रमण गर्ने अपेक्षा गरिएको अधिकारीहरूको भनाइ छ ।  इन्धनको व्यवस्थापनकै बारेमा श्रीलङ्काका राष्ट्रपति राजापाक्ष र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचमा वार्ता गराउने प्रयास पनि भइरहेको छ । श्रीलङ्काका लागि रूसी राजदूतको पहलमा उनीहरूबीचमा वार्ता गराउने प्रयास भइरहेको हो ।
राष्ट्रपति राजापाक्षले इन्धन ल्याउनका लागि भारतका प्रधानमन्त्री, इन्धन व्यवस्थापन मन्त्री र विदेश मन्त्रीसँग पनि निरन्तर छलफल गरेका थिए । 
श्रीलङ्कामा इन्धन खपत न्यून गर्न कतिपय सेवा बन्द गरिएको छ भने कतिपय सेवा तथा काममा समय घटाइएको छ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  ०९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार