फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी 

बिहीबार, असार १६, २०७९

काठमाडौं । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस‍्को सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्  । बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । 

289807973_1478076002642270_2234712355348032355_n1656593388.jpg

चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत् एक्लो व्यक्ति हुन् । उनी नेपाली राष्ट्रिय पोशाक दौरा सरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए ।

290310685_334951455497436_3730702887473372081_n.jpg1656593322.jpg

नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे । मार्कोस  फिलिपिन्सका १७औं राष्ट्रपति हुन् । मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन् ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार