राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश

बिहीबार, असार १६, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका  छन्  ।  राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो । रासस
 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार