आरजु देउवालाई कोरोना संक्रमण 

बिहीबार, असार १६, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेन्टाइनमा बसेकी हुन् । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।  

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार