निर्वाचन आयोगले सरकारसँग माग्यो विद्युतीय भोटिङ मेसिन

प्रयोगमा आउला विद्युति भोटिङ मेसिन  ?
बिहीबार, असार १६, २०७९

काठमाडौं । निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगका लागि कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्का पठाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिवेदन निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको हो । 
‘निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्मा पठाइएको छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

PRESS (1)1656585932.jpg


त्यस्तै, आयोगले स्वेदशमा निर्मित मेसिन उपलब्ध गराउन नसकेमा श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान मेसिन उपलब्ध गराउन पत्र पठाएको पनि विज्ञप्तिमा उल्लेख छ । यसअघि, आयोगले सञ्चार मन्त्रालयको सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेर विद्युतीय मेसिनको सम्भाव्यताबारे अध्ययन गरेको थियो ।
आयोगले बिहीबार विज्ञप्ति प्रकाशन गर्दै भनेको छ, ‘निर्वाचन ब्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचन सम्वन्धी कानूनमा भएको ब्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्र Electronic Voting Machine-EVM को प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्‍मा पठाइएको छ ।’ 
साथै, आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्र Electronic Voting Machine-EVM को प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र EVM तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्र EVM को आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ’ आयोले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ । 
विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदनमा अविलम्व विश्वविद्यालयका प्राध्यापकहरु, राष्ट्रसेवक सरकारी कर्मचारी एवम् स्वतन्त्र विज्ञ सम्मिलित प्राविधिक समिति गठन गरी यस समितिको सिफारिशको आधारमा विद्युतीय मतदान मेसिनको स्पेशिफिकेशन, मेसिनको गुणस्तर चेँकजाँच, विश्वसनियता परीक्षण गर्ने तथा मेसिन उपर सार्वजनिक रुपमा उठान हुन सक्ने जिज्ञासाहरुको समाधान, भविष्यमा बृहत्तर रुपमा मुलुकभर यसको प्रयोग गर्दा मेसिनमा गर्नुपर्ने सुधार र विद्युतीय मतदान मेसिनको सफलतापूर्वक कार्यान्वयन भएका मुलुकहरुको अनुभवबाट सिकेर उन्नत एवम् विशिष्ट प्राविधिक क्षमताले युक्त यन्त्रको प्रयोग नेपालको निर्वाचन ब्यवस्थापनमा गर्ने जस्ता विषयहरु समावेश भएका आयोगको विज्ञप्तिमा भनिएको छ । 
निर्वाचन आयोगले संविधान तथा संघीय कानून बमोजिम हुने राष्ट्रपति, उप राष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्र Electronic Voting Machine प्रयोग गर्न सक्ने कानूनी ब्यवस्था रहेको छ ।संवत् २०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले छ वटा निर्वाचन क्षेत्रहरूमा Electronic Voting Machine (EVM)  को  प्रयोग गरेको साथै, २०७१ सालको संविधान सभा उपनिर्वाचनमा बर्दिया,  बागलुङ,  काठमाडौं,  कैलाली लगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा Electronic Voting Machine(EVM) को सफलतापूर्वक प्रयोग गरिएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार