विवादित प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन राजीनामा

बुधबार, असार १५, २०७९

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् । वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बसेको प्रदेशसभाको बैठकमा जानकारी गराइन् । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताइन् । गत जेठ अन्तिममा दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार