जनप्रतिनिधि अग्रपङ्क्तिका सिपाइ : उपमहासचिव ज्ञवाली

मंगलबार, असार १४, २०७९

 

चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनप्रतिनिधि आजको अग्रपङ्क्तिका सिपाइ भएको बताएका  छन्  ।   एकहत्तरौँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उन ले हिजोको लडाइँ लोकतन्त्रका लागि र आजको लडाइँ समृद्धिका लागि रहेको उल्लेख गरे  । 
 
   एमाले चितवनका जनप्रतिनिधि सहभागी उक्त कार्यक्रममा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको जगमा जनतालाई समृद्ध बनाउनुुपर्ने बताए  । उनले भने , “जनतालाई समृद्ध जीवन दिन सक्छौँ कि सक्दैनौ्ँ, आज हाम्रा सामुको अग्निपरीक्षा यही हो ।” जनप्रतिनिधिलाई विकास र समृद्धिको संवाहक बन्न उनले आग्रह गरे  ।
 
   कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, प्रभा बराल र कपिल पोखरेल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, फाउण्डेशनका जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्टलगायतले आ–आफ्नो धारणा  राखेका थिए  ।  यसअघि उपमहासचिव ज्ञवालीले स्व भण्डारीको शव प्राप्त भएको भरतपुरको गाँजीपुरमा वृक्षरोपण गर्नुका साथै त्यहाँ रहेको उनको सालिकमा माल्यार्पण गरेका  थिए ।

 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार