‘हङकङको तैरिने रेस्टुरेन्ट डुबेको होइन, पल्टिएको मात्र हो’

मंगलबार, असार १४, २०७९
Global Ime Bank

हङकङ   ।  हङकङको जम्बो तैरिने रेस्टुरेन्टबारे विवरण थप रहस्यमय बन्दै गएको छ । रेस्टुरेन्ट पल्टिएको मात्र विवरण सार्वजनिक भएपछि दुर्घटना थप रहस्य बनेको हो । यसअघि सो रेस्टुरेन्ट डुबेको विवरण सार्वजनिक भएको थियो ।

 सोमबार एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले एक विज्ञप्ति जारी गर्दै उक्त जहाज आइतबार दक्षिण चीन सागरको पारासेल टापु नजिकै ‘प्रतिकूल अवस्थाको सामना’ गरेपछि पानीमा पल्टिएको बताएको छ ।घटनास्थलमा पानीको गहिराई १ हजार मिटरभन्दा बढी भएको र यसले उद्धार कार्य प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ । बिहीबार राति हङकङको सामुद्रिक विभागले एक विज्ञप्ति जारी गर्दै  घटनाबारेमा मिडिया रिपोर्टहरूबाट मात्र थाहा पाएको जनाएको थियो ।यसअघि अज्ञातस्थलतर्फ जाने क्रममा सो रेस्टुरेन्ट डुबेको जनाइएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार