सपिङ मलमा रुसी मिसाइल आक्रमणमा १६ युक्रेनीको मृत्यु

मंगलबार, असार १४, २०७९
Global Ime Bank

किभ ।  क्रेमेन्चुकको मध्य सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् । ‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ ।  तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकले भने ।  सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको उनले बताए । आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए । ‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ’, जेलेन्स्कीले फेसबुकमा लेखेका थिए ।
क्रेमेन्चुक सहरको जनसंख्या २ लाख २० हजार छ ।–एजेन्सी
 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार