नेकपा एसका मन्त्री फेरिए 

आइतबार, असार १२, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्री मण्डललाई पुनर्गठन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । पुनर्गठनमा नेकपा एसबाट नयाँ सदस्य थपिएका छन् । नेकपा एसले आफ्नोतर्फबाट देउवा मन्त्रिपरिषद्मा पठाइएका प्रेम आले, रामकुमारी झाँक्री, किसान श्रेष्ठ तथा विरोध खतिवडालाई फिर्ता बोलाएर नयाँ सदस्य थप गरेपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो । मन्त्रिपरिषद्मा नेकपा एसले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ तथा शेरबहादुर कुँवर सस्दस्यका रुपमा थपिएका छन् । 
आइतबार साँझ एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ मन्त्री नियुक्त भएका हुन् । उसले नयाँ मन्त्रीहरू पठाउन पुरा मन्त्रीहरूलाई बोलाएको छ ।

001_मन्त्रिपरिषद् गठन_विज्ञप्ति1656250981.jpg

002_मन्त्रिपरिषद् गठन_विज्ञप्ति_3-121656251011.jpg​एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार