नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा

 साउन ६ र ७ गते  हुने
आइतबार, असार १२, २०७९

ललितपुर  । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ ।  साउन ६ र ७ गते  हुने  नवौं महाधिवेशनको नेपाली कांग्रेसका प्रवक्ता डा  प्रकाशशरण महतको उपस्थितिमा बसेको  बैठकले हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । उक्त बैठकमा पूर्वअध्यक्षहरु र वरिष्ठ पत्रकारहरूको सहभागिता थियो । बैठकले महाधिवेशनका सबै तयारीलाई तीब्रता दिने तथा असार २० गतेसम्म मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय समेत गरेको छ ।कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको युनियनमा यसअघि दुई समूहले अलग अलग महाधिवेशनको मिति तोकेका थिए । अहिले सबैको सहमतिमा मिति र स्थान तय भएकोले महाधिवेशन हुने विश्वास युनियनका नेताहरूले गरेका छन् । 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार