शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन

आइतबार, असार १२, २०७९

 काठमाडौं । सांसद आशा कुमारीले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन् ।
गत कात्तिकमा गएको बाढीपहिरोले बझाङमा दर्जनौं घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको बताइन् । ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण गर्न गए, तर पीडितको अवस्था अहिले पनि उस्तै छ,’ उनले भनिन् ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार