खानेपानीको अभावमुक्त सहर बन्दै गोदावरी

आव ०७९/८० को बजेट 
शनिबार, असार ११, २०७९

ललितपुर । गोदावरी नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार सँगसँगै आर्थिक वर्ष २०७९/८० मा खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।  अघिल्लो कार्यकालमा ७० प्रतिशत पानीको अभाव समाधान भएको  नगरप्रमुख गजेन्द्र महर्जन बताउँदै अबको आर्थिक वर्ष थप काम गर्न बजेट विनियोजन गरेको जानकारी दिए । उनले भने, ‘चरणवद्ध रुपमा काम गरेर नगरलाई पानीको अभावमुक्त सहर बनाउँछौ ।’ गोदावरी नगरपालिकाले खानेपानी शीर्षकमा ५ करोड बजेट विनियोजन गरेको छ । 
गोदावरी नगरपालिकाको वडा नं. ३ मा रहेको गोदावरी कुन खोला ड्यामलाई नगर गौरवको आयोजनामा राखेर काम अघि बढाउने योजना आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख छ । 
यसका साथै लेले महादेव खोलामा ड्याम निर्माणलाई समेत नगरपालिकाले दु्रत गतिमा अघि बढाउने भएको छ । नगरप्रमुख महर्जनले वडा नं. १० को मूलडोलमा खानेपानी ड्याम निर्माण कार्यलाई प्राथमिकता राखेर काम गर्ने बताए । 
यसैगरी स्वच्छ पिउने पानीको थप व्यवस्थाको लागि नगरपालिकाले उत्पयकाका अन्य पालिकासँग समन्वयन गरी मकवानपुरको सिस्नेरी खोलाको पानी नगरमा ल्याउनन पहल गर्ने भएको छ । गोदावरी नगरपालिकामा रहेका साना र ठूला पानीका प्राकृतिक स्रोत र मुहानको संरक्षणको काम अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । 
नगरप्रमुख गजेन्द्र महर्जनले भने, ‘पानीको मुहान संरक्षण गर्ने योजना अन्तर्गत यसलाई प्राथमिकतामा राखेका हौं, जनघनत्वका कारण पानीका मुहान मासिने खतरा हुन्छ, त्यसैले बेलैमा यसप्रति सजग हुँदै काम थाल्ने भएका हौं ।’ 
राजकुलोलाई थप व्यवस्थित गरी बाह्रै महिना सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ । 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार