कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का

शनिबार, असार ११, २०७९

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा, ३६ (१) (क) बमोजिम पार्टी उपसभापति खड्कालाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा आज मनोनयन गरेका हुन् ।
सभापति देउवाले पार्टीको विधानको धारा, ३६ र कांग्रेस नियमावली २०७६ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्कालाई मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

किसान सङ्घ र आदिवासी जनजाति सङ्घमा नयाँ नेतृत्व

नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल किसान सङ्घको अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति सङ्घको अध्यक्षमा ओमबहादुर घर्तीमगरलाई जिम्मेवारी दिएको छ ।
पार्टीको विसं २०७८ चैत १५ गतेको निर्णयअनुसार सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दुई भ्रातृ संस्था नेपाल किसान सङ्घको अध्यक्षमा तिमिल्सिना र आदिवासी जनजाति सङ्घको अध्यक्षमा घर्तीमगरलाई नियुक्त गरे ।
सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा, ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका दुई भ्रातृ संस्थाको अध्यक्ष नियुक्त गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार