ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड

शुक्रबार, असार १०, २०७९

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९-०८० लागि ६ अर्ब, ३५ करोड, ३५ करोड  तीन हजारको बजेट ल्याएको छ ।  ललितपुर महानगरपालिकाको शुक्रवारको नगरसभामा नगरप्रमुख चिरीबाबु महर्जनले उक्त बजेट पेश गरे । महर्जनले नगरसभामा बजेट तथा नीति प्रस्तुत गर्दै यो बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने बताए ।

lmc 11656083970.jpg महानगरलाई नागरिक मैत्री स्थानीय सरकारको परिचय स्थापित गर्ने संकल्प पुरा गर्ने महानगरप्रमुख महर्जन थियो । उपप्रमुख मंजली शाक्यले आर्थिक वर्ष २०७९-०८०को नीति तथा कार्यक्रम जनपक्षीय र परिणाममुुखी भएको बताए । महानगरलाई सुन्दर नगर बनाउन केही नयाँ योजनाहरु थपिएको उनले बताइन् । नीति तथा कार्यक्रममा आवश्यक छलफल गर्न एक साता छुट्याइएको छ । असार १६ गते नगरसभाको अर्को बैठक बोलाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार