प्रहरी र मूल्यवृद्धि विरुद्ध उत्रिएकाबीच मसाल खोसाखोस

बिहीबार, असार ९, २०७९

काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । 

288703597_1426231314514510_6330319696211437761_n1656000561.jpg

बिहीबार साँझ काठमाडौंको बानेश्वरमा प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्य वृद्धिविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । 

288795117_1077438356202727_2696365778300532532_n1656000560.jpg

युवा संघले मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । 

288813928_1179521926170400_6907500457602585459_n1656000559.jpg

सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मूल्यवृद्धि फिर्तासहित प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।  प्रदर्शनका कारण बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको थियो । 

288873390_723566108976450_331464526712177953_n1656000559.jpg

केही दिन अघि सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको थियो । 

288888956_409922511185640_6021780292718608462_n1656000558.jpg

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  २१:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार